फागुन ३० काठमाडौं ।
आज समानुपातिक उम्मेदवार सिफारिस गर्न सचिवालयको बैठक बस्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) को सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने जनाएको छ।
रास्पा पार्टी सभापति रवि लामिछाने को निर्देशन अनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीत रहेर बैठक हुने र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने जनाएको छ।
बैठकको समय र स्थान बरे तय भइ नसकेको स्रोतले जनाएको छ।
Post Views: 1