नेपालले इरानी नागरिकलाई आगमन भिसा नदिने

फागुन २९ काठमाडौं।
नेपालले इरानी नागरिकलाई आगमन भिसा नदिने भएको छ।

गृह मन्त्रालयको अनुसार नेपालले इरानी नागरिकहरूलाई अनअराइभल भिसा नदिने निर्णय गरेको जनाएको छ।

इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा इरानमा बढेको तनाव र सुरक्षालाई ध्यानमा राखेर नेपालले आगमन भिसा नदिने निर्णय गरेको जनाएको छ।

अब इरानी नागरिकले नेपाल आउन विदेशस्थित नेपाली नियोग बाट भिसा लिनुपर्नेछ, तर कूटनीतिक राहदानी हुनेलाई यो नियम लागू हुने छैन।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेको अनुसार गृहमन्त्री स्तरीय निर्णय अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले विदेशस्थित नेपाली नियोग बाट भिसा लिएर आउनुपर्ने बताएका छन्।

गृह मन्त्रालयको अनुसार नेपाल प्रवेश गरेपछि दिइने आगमन प्रवेशाज्ञा मात्रै नदिने निर्णय गरिएको जनाएको छ।

इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको बताइएको छ।

कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकावट नहुने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *