फागुन २९ काठमाडौं।
रुसी तेलमाथिको प्रतिबन्ध बेलायतले नहटाउने भएको छ।
रुसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको हो।
बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै बेलायतले रुसको तेलमाथि प्रतिबन्ध नहटाउने बताएका हुन्।
यसै बिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ।
बेलायती ऊर्जामन्त्री श्याङ्क्सले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक स्रोत उपलब्ध भएमा त्यसले युक्रेन माथि रूसको आक्रमणलाई अझ बढाउन सक्ने दाबी गरेका छ।
Post Views: 3