फागनु २९ काठमाडौं।
आज देखि आयल निगमले बजारमा आधा सिलिण्डर ग्यास पठाउने भएको छ।
बजारमा ग्यास अभाव हुने देखिएपछि निगमको आधा सिलिण्डर ग्यास पठाउने तयारी गरेको जनाएको छ।।
अर्को सूचना जारी नभएसम्मका लागि निगमले प्रतिसिलिण्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको जनाएको हो। उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ।
निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आएपनि करिब दुई,तीन महिना देखि नै सर्वसाधारणले ग्यासको लागि संघर्ष गरिरहेको उल्लेख गरेको छ्।
निगमले दुई,तीन महिना देखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्चले बढेको र आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णय गरे जनाएको छ।
अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्गमा केही देखि अवरोध देखिएको छ।
इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको छ।