फागुन २८ काठमाडौं।
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल उपलब्ध गराउने भएको छ।
मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित बनेको छ।
बीबीको अनुसार मध्यपूर्वको तनावका कारण विश्व बजारमा इन्धन आपूर्तिको अभाव कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डार बाट ४० करोड ब्यारल तेल उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेको छ।
यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुने र अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ।
आईईएले आपतकालीन भण्डार बाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ।
आईईएका सदस्य देशहरूसँग अहिले १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको र त्यस बाहेक उद्योग क्षेत्रमा सरकारी दायित्व अन्तर्गत अतिरिक्त ६० करोड ब्यारेल तेल भण्डार रहेको अन्तराष्ट्रिय एजेन्सीले जनाएको छ।
यस निर्णय अन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ। अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ।
अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी साता देखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ।