गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत माओमिङबिच भेट

फागुन २७ काठमाडौं।
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबिच गृह मन्त्रालयमा भेटवार्ता भएको हो।

राजदूत माओमिङले कार्यभार सम्हालेपछि गृहमन्त्रीसँग शिष्टाचार भेटका लागि गृह मन्त्रालय पुगेका हुन्।

भेटका अवसरमा गृहमन्त्री अर्यालले नेपाल र चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रविधि र सुरक्षाका नयाँ आयामहरूमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

भेटका क्रममा चीनले प्रविधिमा हासिल गरेको विज्ञता नेपालका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले भविष्यमा यस्तो सहयोग थप विस्तार हुने अपेक्षा समेत गरेका छन्।

शिष्टाचार भेटका क्रममा राजदूत माओमिङले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

मन्त्रालयले निर्वाचन सुरक्षा र सीमा सुरक्षा व्यवस्थापनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै राजदूतले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनको सधैँ दृढ प्रतिबद्धता रहने दोहो¥याएका छन्।

राजदूत माओमिङले आफ्नो कार्यकालमा दुई देशको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *