फागुन २५ काठमाडौं।
इरानमा नयाँ सर्वोच्च नेतामा खामेनीका छोरा सय्यद मोज्तबा होसेनी खामेनी नियुक्त भएका छन्।
इरानमा अमेरिका र इसराइलको संयुक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिए पछि खामेनीका छोरा सय्यद मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त गरेको हो।
आइतबार ८८ जना धर्मुगुरू रहेको विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपट्र्स)ले मतदान बाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।
विज्ञहरूको सभाले विज्ञप्ती जारी गरी नयाँ सर्वोच्च नेता नियुक्त गरिएको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार अमेरिका सहित इसराइलसँग जारी युद्धकै बीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत रहेको संकेत दिएको जनाएको छ।
सर्वोच्च नेताको पद इरानको सबैभन्दा शक्तिशाली पद मानिन्छ। सर्वोच्च पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार मानिन्छ।