फागुन १७ काठमाडौं ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ।
इरानको राज्य टेलिभिजनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको पुष्टि गरेको हो।
आयतोल्लाह अली खामेनीको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरे पनि यस अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको ट्रम्पले ट्रुथ सोसलमार्फत् दाबी गरेका थिए।
इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरान पुष्टि गरिसकेको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ।
समाचार अनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएको उल्लेख गरेको छ।
फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको जनाएको छ।