निर्वाचन नजिकिँदै गर्दा चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती सुरु

फागुन १६ काठमाडौं।
निर्वाचन नजिकिँदै गर्दा चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती सुरु भएको छ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्ला बाट प्रहरी सहायक निरीक्षक मञ्जुल कडकाको कमाण्डमा नाम्खा गाउँपालिका–५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरु गरेको जानकारी दिएको छ।

चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ को लिमी लाप्चामा दैनिक ७ जनाको टोलीले पैदल गस्ती गरेको जनाएको छ।

निर्वाचन नजिक आउँदा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिएका छन्।

दुर्गम क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पैदल गस्तीमा खटिएको डिएसपी खडकाले बताएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *