फागुन १६ काठमाडौं।
नेपाल सरकारले इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।
नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको हो।
दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै कडाइका साथ सुझाव दिएको छ।
‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न एडभाइजरीमा उल्लेख गरेको छ।
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिक बाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध समेत गरेको छ।
Post Views: 1