प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चाङ बिच शिष्टाचार भेट

फागुन १५ काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चाङ बिच शिष्टाचार भेट भएको छ।

आज भेटका प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङलाई कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेको छिन्।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका हुन्।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्न सफल हुने विश्वास व्यक्त गरेको छन्।

राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई दिएका छन्।

भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *