प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन

फागुन १५ काठमाडौं।
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गर्नका लागि सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

नेपाली सेना बाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धान बाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको जनाएको छ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नगरेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *