आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन ६ काठमाडौं ।
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै छन्।

आज विभिन्न कार्यक्रम गरी शेर्पा समुदायले गरी ग्याल्पो ल्होसार पर्व मनाउँन लागेका छन्।

शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वास सहित ग्याल्पो ल्होसार मनाइन्छ।

ग्याल्पो ल्होसारलाई पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँने गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *