इरान नजिक अमेरिकाले विनाशकारी युद्धपोत तैनाथ गरेको पुष्टि

फागुन ५ काठमाडौं।
इरान नजिक अमेरिकाले विनाशकारी युद्धपोत तैनाथ गरेको पुष्टि गरेको छ।

आज अमेरिका र इरानका अधिकारीहरूबीच स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको जनाएको छ।

अमेरिकाको ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान पुष्टि भएको समाचार आज सार्वजनिक भएको हो।

वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शन माथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको छ।

ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा उक्त विमानवाहक युद्धपोत देखिएको जनाएको छ।

बीबीसीको अनुसार सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको जनाएको छ।

‘यूएसएस अब्राहम लिंकन’ले तीनवटा निर्देशित मिसाइल विनाशकरी सहित ‘क्यारियर स्ट्राइक ग्रुप’को नेतृत्व गरिरहेको छ उल्लेख गरेको छ। त्यसमा करिब ९० वटा विमान जसमा एफ–३५ लडाकु र ५ हजार ६८० जना सैनिक सवार रहेको जनाएको छन्।

अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ कार्गो विमान, इन्धन आपूर्ति र सञ्चार सहयोगी विमानहरूको आवागमन पनि बढेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *