फागुन ५ काठमाडौं।
आसन्न प्रतिनिधिसभा निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्।
आज शेर्पा संघले आयोजना गरेको ग्यालयो ल्होसारलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका हुन्।
ग्याल्पो ल्होसारको शुभकामना दिँदै पौडेलले सुशासन मार्फत समृद्धि आउने र समृद्धि बाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्दै सबै मिलेर निर्वाचनलाइ सफल बनाउन आग्रह गरेका छन्।
राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको बताएका छन्।
लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्न आह्वन गरेका छन्।
Post Views: 4