फागुन ५ काठमाडौं ।
आगामी निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको हो।
निर्वाचन आयोगले दिएको मतपत्र छपाइको काम सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिएका छन्।
सोमबार साँझ पतपत्र छपाइको काम सम्पन्न गरिएको र आज देखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने बताएका छन।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सम्पन्न भएको र अबको १० दिनभित्र सबै जिल्लामा मतपत्र पु¥याउने योजना रहेको बताएका छन।
यस अघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको जनाएको छ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो। २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ।