जेनेभामा अमेरिका र इरानबीच वार्ता हुने

फागुन ४ काठमाडौं।
जेनेभामा अमेरिका र इरानबीच वार्ता हुने भएको छ।

यस अघि ओमानको राजधानी मस्कटमा पहिलो चरणको वार्ता भएको थियो।

मस्कटमा दुई देशबीच इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता हुन नसकेपछि अमेरिकाले इरानसँग दोस्रो चरणको वार्ता गर्न लागेको जनाएको छ।

अहिले अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता स्वीजरल्याण्को जेनेभामा हुन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

वार्ताका लागि तेहरान बाट इरानी विदेशमन्त्री अब्बास अराक्ची नेतृत्वको प्रतिनिधि र वासिङ्टन बाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर नेतृत्वमा प्रतिनिधि सहभागी हुने जनाएको छ।

वार्ताका लागि इरानका विदेशमन्त्री अराक्ची जेनेभा प्रस्थान गरिसकेको पनि रोयटर्सले उल्लेख गरेको छ।

वार्ताका क्रममा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुखसँग पनि भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *