निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

फागुन ४ काठमाडौं।
निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृत बाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो।

आयोगले जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरेको छ।

निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगले जारी गरेको निर्देशन उल्लेख गरेको छ।

निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचन सम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन हुँदैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिह्न वा सङ्केत मेट्न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पु¥याउन वा दुरूपयोग नगर्न वा नगराउन स्पष्ट निर्देशन गरिएको छ।’

मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने उल्लेख गरेको छ।

त्यसैगरी मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचनसम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमतिविना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने पनि आयोगले जनाएको छ।

मतदान केन्द्र वा मतगणनास्थल र त्यसको वरिपरि कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन पनि आयोगले निर्देशन दिएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *