फागुन १ काठमाडौं।
बङ्गलादेशको आम निर्वाचन बाट बीएनपीले बहुमत प्राप्त गरेको छ।
आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको हो।
बङ्गलादेशको स्थानीय सञ्चारमाध्यमहरुको अनुसार कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको जनाएको छ।
बहुमत प्राप्त गरेसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको जनाएको छ।
देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले बिहीबार मतदान गरेका थिए। निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो।
चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा थिए।
Post Views: 2