आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

फागुन १ काठमाडौं।

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ।

जस अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा कायम भएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा कायम भएको छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा निर्धारण भएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २९ पैसा र बिक्रीदर १६ रुपैयाँ ३६ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपैयाँ कायम भएको छ।

बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ७४ र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *