त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी

माघ २९ काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी भएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट भित्र निषेधाज्ञा जारी गरेको हो।

गोल्डेनगेट देखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पुर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशाासन कार्यालय काठमाडौंले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किने बेला प्रदर्शन हुन सक्ने भएकाले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।

निषेधाज्ञा एक महिनासम्म जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौंडेलले जनाएका छन।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ लगायतका स्थानमा ५ जनाभन्दा धेरै मानिस भेला जम्मा हुन नपाइने उल्लेख गरेको छ।

पूर्वराजा आउने कार्याक्रममा चक्रपथ क्षेत्रमा भने अनुमति लिएर मात्र प्रदर्शन गर्न पाइने तर सार्वजनिक सम्पत्ति तोडफोड गरेमा कारबाही हुने प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *