माघ २९ काठमाडौं।
सोना श्रेष्ठ छ देशको नेतृत्व समाल्ने गरि एडीबीको महानिर्देशक नियुक्त भएको छन्।
एसियाली विकास बैंकले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको हो।
अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया बाट अर्थशास्त्रमा पीएचडी गरेकी श्रेष्ठसँग २७ वर्षको अन्तर्राष्ट्रिय विकास अनुभव रहेको छ।
श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन नेतृत्व गर्नेछिन्।
एडीबीमा हालसम्म उच्च नेतृत्वमा पुग्ने थोरै नेपाली कर्मचारीमध्ये श्रेष्ठ एक रहेको जनाएको छ।
यस अघि श्रेष्ठले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरेकी थिइन्।
एडीबी एसिया र प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो वृद्धिलाई समर्थन गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो।