माघ २९ काठमाडौं।
आज बिहानदेखि बंगलादेशमा निर्वाचन कडा सुरक्षाबीच मतदान सुरु भएको छ।
विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिना पछि बंगलादेशमा आज निर्वाचन भएको हो।
बंलदेशको निर्वाचन आयोगको अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको जनाएको छ।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजे देखि मतदान सुरू भएको बंगलादेश बाट प्रकाशन हुने अनलाइन डेली स्टारले उल्लेख गरेको छ।
मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेको र जसमा ६ करोड ४८ लाख पुरूष र ६ करोड २८ लाख महिला रहेको जनाएको छ।
संसदको प्रतिनिधि छनोटसँगै जुलाई नेशनल चार्टरसम्बन्धी जनमतसंग्रहमा पनि मतदान भइरहेको उल्लेख गरेको छ।
जसमा संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका बीच शक्ति सन्तुलन मजबुत बनाउने व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, मानवअधिकार र जबाफदेहिता सुनिश्चित गर्ने प्रावधान र भ्रष्टाचार नियन्त्रण तथा संस्थागत पारदर्शीता अभिवृद्धि गर्ने विषयहरू समावेश रहेको जनाएको छ।
चुनावी मैदानमा ५० दलका १ हजार ७५५ जना उम्मेदवार छन्। भने २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएको जनाएको छ।
प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुन लागेको हो।