राष्ट्रिय सभाको चालु अधिवेशन फागुन १ बाट अन्त्य हुने

माघ २९ काठमाडौं ।
राष्ट्रिय सभाको चालु अधिवेशन फागुन १ गते बाट अन्त्य हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

चालु अधिवेशन बाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *