सर्वोच्च अदालतले गर्यो अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नराख्न आदेश

माघ २७ काठमाडौं।

सर्वोच्च अदालतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नराख्न आदेश गरेको छ।

गत साउन २० गते भौतिक पूूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट अनिवर्या गर्ने निर्णय गरेको थियो।

अंग्रेजी भाषा प्रयोग गरी इम्बोस्ड नम्बर प्लेट बनाउन भनेपछि उक्त निर्णयविरूद्ध अधिवक्ता रामबहादुर राउतसहित अधिवक्ताहरूले पुस १६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सो निर्णयको सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

’यातायात व्यवस्था विभागको भदौ ३ गतेको सूचना अनुसार अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य उल्लिखित संवैधानिक र कानुनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू÷नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *