जापानमा मतदान मतदान सुरु

माघ २५ काठमाडौं।
जापानमा मतदान सुरु भएको छ।

तल्लो सदनको ४६५ सदस्यका लागि आज बिहान देखि मतदान सुरू भएको हो।

एलडिपी एक्लैको बहुमत नभएका कारण गठबन्धन सरकारको प्रधानमन्त्री बनेकी ताकाइची गठबन्धनमा काम गर्न सहज नभएको भन्दै १६ दिन अघि मात्रै संसद विघटन गरेर चुनाव घोषणा गरेकी थिइन्।

सोही अनुरुप आज बिहान देखि मतदान बेलुका ८ बजे सम्म हुने जापान टाइम्सले जनाएको छ।

जापानको निर्वाचन आयोगका अनुसार साढे १० करोडभन्दा बढी मतदाता रहेको उल्लेख गरेको छ।

मतदानकै दिन भारी हिमपातका कारण यातायात मन्त्रालयको अनुसार आइतबार बिहानसम्म ३७ रेल लाइन, ५८ फेरी सेवा र ५४ उडान रद्द भएका बताएका छन्।

यसपटक तीन महिना अघि प्रधानमन्त्री बनेको सनए ताकाइचीकोको पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको जनाएको छ।

मतदान सकिएलगत्तै विभिन्न संस्था र सञ्चारमाध्यमहरुले गरेको सर्वेक्षणको नतिजा सार्वजनिक हुने उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *