पाकिस्तानको इस्लामवादमा रहेको शिया इमामबारगाहमा शक्तिशाली बम विस्फोट

माघ २४ काठमाडौं।
पाकिस्तानको इस्लामवादमा रहेको शिया इमामबारगाहमा शक्तिशाली बम विस्फोट भएको छ।

पाकिस्तानमा भएको बम विस्फोट घटनाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगाएत विश्वभरका नेताहरुले निन्दा गरेका छन्।

बम विस्फोटमा परि १७० भन्दा बढी घाइते भएका छन्। भने ३१ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

पाकिस्तानको इस्लामवादमा रहेको मस्जिदमा पूजा गर्नेहरूमाथि भएको आक्रमणको निन्दा गुटेरेसले ट्विटरमा लेख्दै गरेका छन्।

नागरिक र पूजास्थलहरूमा भएका आक्रमणहरू अस्वीकार्य रहेको र सो घटनाका दोषीहरूलाई पहिचान गरी तुरुन्त न्यायको कठघरामा ल्याउनुपर्ने माग गरेका छन्।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, बेलायती विदेश मन्त्री यभेट कूपर, अजरबैजानी विदेश मन्त्रालय र जर्मन विदेशमन्त्री जोहान वाडेफुले पनि सो घटनाबारे सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन्।

इस्लामवादको मस्जिदमा भएको भयानक आत्मघाती बम विस्फोटको खबर सुनेर दुःखी सरकार प्रमुखहरुले बताएका छन्।

त्यस्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *