बरण्डाभार क्षेत्रको तालतलैया व्यवस्थापनको काम सुरु

माघ २३ काठमाडौं
बरण्डाभार क्षेत्रको तालतलैया व्यवस्थायनको काम सुरु भएको छ।

१० हजार २०० हेक्टर क्षेत्रफलभित्र पर्ने बरण्डाभार क्षेत्रमा रहेको १५ वटा तालतलैया एवं पोखरी व्यवस्थापनका लागि काम सुरु भएको हो।

डिभिजन वन कार्यालयले बरण्डाभार क्षेत्रमा रहेका सङ्कटापन्न तालतलैया एवं पोखरी व्ययवस्थापनको काम सुरु भएको जनाएको छ।

तालतलैया संरक्षणका लागि रु १० लाख बजेट विनियोजित भएको र सोहि बजेट बाट काम सरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताएका छन्।

अहिले बरण्डाभार क्षेत्रमा रहेका तालतलैया सङ्कटमा पर्दा घाँसेमैदान घट्दै गएको कार्यालय स्रोतले जनाएको छ।

कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यको अनुसार अहिले तालतलैया जलकुम्भी, माइकेनिया लगायत झारले तालतलैयालाई सङ्कटमा पारेको र उक्त सङ्कटमा परेका तालतलैयालाई पुनःसंरचना र अद्यावधिक गर्नेका लागि काम सुरु गरिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *