लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

माघ २२ काठमाडौं।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ।

वैशाख १६ र १७ गते लुम्बिनीमा बौद्ध सम्मेलन आयोजना हुने जनाएको हो।

लुम्बिनीको पर्यटन प्रवद्र्धन तथा पर्यटन आगमन बढाउने उद्देश्यले अन्तर्र्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसालाई नयाँ उचाइमा पुर्याउने लक्ष्या सहित सम्मेलनको आयोजना गरिएको लुम्बिनी विकास कोषको परिषद्ले जनाएको छ।

लुम्बिनी विकास कोष परिषद्को निर्णय अनुसार लुम्बनीको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरिएको जनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको जनाएको छ।

समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *