प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय

माघ २२ काठमाडौं।
यस वर्ष सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।

सरकारले आउँदो फागुन ६, ७ र ८ गते तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो।

२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले प्रजातन्त्र दिवस मनाउन लागिएको जनाएको छ।

आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको जनाएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहने छन्।

निर्णय अनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिने जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *