माघ २० काठमाडौं।
आज राष्ट्रपति रामचन्द्र पौडेल र जापानी प्रधानमन्त्री बीच भेटवार्ता भएको छ।
जापानको प्रधानमन्त्री तकाइची सनाय सँग भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्।
हामी प्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि धन्यवाद दिएका छन्।
दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन्।
प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि महत्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने कामना गरेको बताएको छन्।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक लगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको बताएका छन्।