वीरगञ्ज भन्सार कार्यालय बाट सात अर्ब बढी दलहन आयात

माघ १८ काठमाडौं ।
वीरगञ्ज भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब बढीको दलहन आयात भएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा रु. ७ अर्ब ६४ करोड मूल्य पर्ने ७ थरिका दलहनजन्य खाद्यान्न भित्रिएको जनाएको छ।

गत आर्थिक वर्षको ६ महिनामा तुलनामा रु. १ अर्ब ८० करोड बढी मल्यको दलहन खाद्यान्न भित्रिएको जनाएको छ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले दलहनजन्य खाद्यान्नको आयात बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताएका छन्।

गत आर्थिक वर्षको ६ महिनामा सात थरिका दलहन खाद्यान्न बाट रु. ५ अर्ब ८३ करोडको आयात भएकोमा चालु आर्थिका वर्षको ६ महिनामा रु.३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको कार्यालयले जनाएको छ।

त्यस्तै सोही अवधिमा रु.१ अर्ब १७ करोड मूल्य पर्ने सिमी, राज्मा र रु.१ अर्ब १४ करोड मूल्यको चना आयात भएको जनाएको छ।

रु.१ अर्ब मूल्यको अन्य गेडागुडी, रु. २७ करोडबराबर रहरको दाल, रु. १६ करोड मूल्यको केराउ र रु. ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *