भारत महाराष्ट्रका अजितको मृत्यु पछि बनीन् अजित पत्नी सुनेत्रा उपमुख्यमन्त्री

माघ १८ काठमाडौं।
भारतको महाराष्ट्रका अजितको विमान दुर्घनामा निधन भए पछि अजितको पत्नी सुनेत्रा महाराष्ट्रका उपमुख्यमन्त्री बनेको छन्।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार उपमुख्यमन्त्री बनेको उल्लेख गरेको छ।

शनिबार सुनेत्राले उपमुख्यमन्त्रीको शपथ र पदभार ग्रहण गरेसँगै महाराष्ट्रले पहिलो पटक महिला उपमुख्यमन्त्री पाएको जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विधानसभा चुनावमा भारतीय जनता पार्टीले अजित पवारको नेश्नलिस्ट कांग्रेस र एकनाथ सिन्देको शिवसेनासँग गठबन्धन गरेको थियो।

माघ १४ गते पवार आफ्नो गृहजिल्लामा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा विमान बारामति अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा मृत्यु भएका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *