माघ १७ काठमाडौं।
आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज नाका हुँदै ११ अर्ब बढी खाद्यान्न आयात भएको छ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको जनाएको छ।
गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताएका छन्।
गत आवको ६ महिनामा ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएकोमा यस वर्ष चालु आवको ६ महिनामा ५ अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको जनाएको छन्।
चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै, चालु आवको छ महिनामा १ अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट, २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।