राष्ट्रपति ट्रम्पले क्युबालाई तेल उपलब्ध गराए भन्सार दर बढाउने दिए धम्की

माघ १६ काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल उपलब्ध गराए भन्सार दर बढाउने धम्की दिएका छन्।

डोनाल्ड ट्रम्पल क्युबालाई तेल उपलब्ध गराउने देश माथि भन्सार दर बढाउने धम्की दिएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले क्युबालाई तेल दिने देशहरू माथि भन्सार बढाउने चेतावनी दिएका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार कुन देशलाई कति प्रतिशत भन्सार बढाउने भन्ने चाहिँ नखुलाएको उल्लेख गरेको छ।

मुख्यगरी क्युबालाई भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो। भने रूस र मेक्सिको पनि क्युबाको तेल आपूर्तिकर्ता रहेको छ।

भेनेजुएलामा मदुरोको सरकार ढालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबाको सरकार पनि असफल हुने दाबी गरिहेका थिए।

वामपन्थी विचारधाराका भेनेजुएलामा मदुरोलाई सत्ताच्युत गरेपछि अमेरिकाको निशानामा अब क्युबा पर्न सक्ने विश्लेषण गरेको छ।

अमेरिकी नाकाबन्दीका कारण आर्थिक संकटमा रहेको क्युबालाई लामो समयदेखि भेनजुएलाले सित्तैमा तेल दिएर भरथेग गरेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *