माघ १६ काठमाडौं।
पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ।
यस अघि चितवन र पर्साको दुई खण्डमा भएको बाघ गणना तेस्रो खण्डमा पर्सा राष्ट्रिय निकुञ्जमा सुरु गरिएको हो।
क्यामेरा जडान गरिसके पछि १५ दिन र रातको समयमा बाघको ‘मुभमेन्ट’लाई निगरानी गरिने र क्यामेरामा ‘रेकर्ड’ भएको बाघको गतिविधिका आधारमा बाघको सङ्ख्या यकिन गरिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य बताएका छन्।
अहिले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिएका छन्।
वरिष्ठ इकोलोजिष्ट आचार्यले चितवन र पर्साको पहिलो र दोस्रो खण्डमा देखिएका सबल र दुर्लभ पक्षलाई मध्यनजर गर्दै अझै व्यवस्थित ढङ्गले सबै निकायसँग समन्वय गरेर बाघ गणनाको काम अघि बढाउन निर्देशन दिएका छन्।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार तेस्रो खण्डको बाघ गणना गर्न १२ क्याम्प बाट सात–सात जनाको टोली खटाइएको जानकारी दिएका छन्।
बाघ आउजाउ र हिँड्डुल गर्ने ठाउँलाई लक्षित गरेर ३२८ जोडा स्वचालित क्यामेरा जडान गरिने र ती स्वचालित क्यामेराले १५ दिन र रातको समयमा बाघको गतिविधिलाई कैद गर्ने जनाएको छ।