प्रधानमन्त्री सुशीला कार्की र नर्वेली ड्याग्नी मियोस बीच शिष्टाचार भेट

माघ १५ काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्की र नर्वेली ड्याग्नी मियोस बीच शिष्टाचार भेट भएको छ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबिच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको जनाएको छ।

भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको बताउँदै अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको बताएको छन्।

कार्कीले नर्वेसहित अन्तरराष्ट्रिय समुदाय बाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको छन्।

भेटको क्रममा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै कार्कीको नेतृत्वमा आगामी निर्वाचन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरेको जनाएको छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *