अमेरिकाले इरानतर्फ पठायो युद्धपोत ठूलो हमला हुन सक्ने चेतावनी

माघ १५ काठमाडौं।
अमेरिकाले इरानतर्फ नौसेनाको विमानबाहक युद्धपोत पठाउँदै ठूलो हमला हुन सक्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल ट्रुथ सोसियल पोस्ट मार्फत इरानमा यस अघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका हुन्।

परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्।

इरानले अमेरिका सँग छिट्टै वार्ताको टेबुलमा आएर परमाणु सम्झौता गर्ने आशावादी रहेको र समय सम्झौता नभए पहिलेको भन्दा धेरै विनाशकारी आक्रमणको सामना ट्रम्पले ट्रुथ मार्फत उल्लेख गरेका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ट्रम्पले अमेरिकी नौसेनाको एउटा ठूलो विमानबाहक युद्धपोत ’युएसएस अब्राहम लिंकन’ इरानतर्फ पठाइसकेका उल्लेख गरेको छ।

यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार हिन्द महासागरमा प्रवेश गरिसकेको र इरानको नजिक पुगिसकेको सिएनएनले उल्लेख गरेको छ।

गत वर्ष इरान र इसराइलबीच युद्ध चलिरहँदा अमेरिकाले अपरेसन मिडनाइट ह्यामर सञ्चालन गरी इरानका तीनवटा आणविक भट्टीहरूमा शक्तिशाली बम खसालेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *