माघ १४ काठमाडौं ।
बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमण गर्नका लागि प्रस्थान गरेका छन्।
चीन भ्रमणमा निस्कीयका बेलायतका प्रधानमन्त्री किएर स्टार्मरको भेट चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ।
सन् २०१८ पछि चीन जाने पहिलो बेलायती प्रधानमन्त्री किएर स्टार्मर बनेका छन्।
बीबीसीका अनुसार आज चिन भ्रमणमा रहेका प्रधानमन्त्री स्टार्मर सँग करिब ६० जना बेलायती व्यापारी, सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू, एचएसबीसी बैंक, औषधि कम्पनी जीएसके, जगुआर ल्यान्ड रोभर र नेसनल थिएटरका प्रतिनिधिहरू समावेश रहेको जनाएका छन्।
चीनसँग बेलायतको सम्बन्ध पुनः सुदृढ गर्ने सरकारको प्रयास अन्तर्गत बेलायतको भ्रमणलाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण र ताजा कदमका रूपमा हेरिएको बताएको छ।
Post Views: 6