माघ १४ काठमाडौं।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।
बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।
ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको र मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं बाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हिंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएदा चिसोका कारण यात्रुहरु सडकमा अलपत्र परेका जनाएका छन्।
Post Views: 3