आज यस्तो छ वर्षाको सम्भावना

माघ १४ काठमाडौं।
नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज बिहन् देखि पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको जनाएको छ।

महाशाखाको अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का हिमपात देखि वर्षा भईरहेको जनाएको छ।

पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा उल्लेख गरिएको छ।

पश्चिम नेपालमा हल्का वर्षा भइरहेको र वर्षा गराउने प्रणाली बुधबार गोरखासम्म आइपुगेको मौसम विद्ले बताएका छन्।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले बताएको छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपात भईरहेका छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *