रसुवा भन्सार कार्यालयले गर्यो एक अर्ब बढी राजस्व सङ्कलन

माघ १३ काठमाडौं।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब बढी राजस्वा रङ्कलन गरेको छ।

रसुवा भन्सार कार्यालयले ६ महिनाको अवधिमा रु. १ अर्ब १६ करोड राजस्वा सङ्कलन गरेको हो।

रसुवा भन्सार कार्यालयको ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईको अनुसार १ अर्ब १६ करोड राजस्वा सङ्कलन भएको जानकारी दिएका हुन्।

गत असार २४ गते आएको बढीको कारण ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समिति मार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिएका छन्।

भन्सार दिवस कार्याक्रमको अवसरमा कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *