माघ १३ काठमाडौं।
सिरियाली राष्ट्रपति अहमद अल–शारा र रुसको राष्ट्रपति भ्लादिमिर पुटिन बीच मस्कोमा भेतवार्ता हुने भएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुका अनुसार सिरियाली राष्ट्रपति अहमद अल–शाराले भोलि मस्कोमा आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने उल्लेख गरेको जनाएका छन्।
सन् २०२४ को अन्त्यमा पूर्व राष्ट्रपति बसर अल–असाद सत्ताच्युत भएपछि पदभार ग्रहण गरेका अल–शाराले गत वर्ष अक्टोबर १५ मा मस्कोमा पुटिनसँग भेट पहिलो रुस भ्रमण गरेका थिए।
भ्रमण बारे विस्तृत विवरणहरू तथा हालसम्म सिरियाली वा रूसी अधिकारीहरूले कुनै आधिकारिक भनाइ जारी पनि नगरेको सिरियाली सञ्चार माध्यमहरूले उल्लेख गरेको छ।
Post Views: 3