चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब बढी पेट्रोलियम पदार्थ आयात

माघ १३ काठमाडौं।
चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब भन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु. ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ।

गत आर्थिक वर्षको तुलनामा वीरगञ्ज नाका हुँदै गत चालु आर्थिक वर्षको सोही अवधिमा रु.२ अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको जनाएको हो।

चालु आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयात बाट रु. ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्ष ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको बताएका छन्।

गत आर्थिक वर्षको ७ महिनामा रु.८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएकोमा यस वर्ष रु. ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात बाट रु. १९ अर्ब ८५ करोड, रु. २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात बाट रु. १३ अर्ब ८२ करोड र रु १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा रु. २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *