माघ १२ काठमाडौं।
आज आईसीसी महिला टी–२० विश्वकपको खेल नेपालले स्कटल्यान्डसँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दै छ।
त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुने खेलमा नेपाल र स्कटल्यान्ड बिच हुँदै छ। खेलमा नेपाली टोलीको कप्तानमा इन्दु बर्मा र स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस रहेका छन्।
नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो।
आईसीसी महिला टी–२०आई वरियतामा स्कटल्यान्ड ११ औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ। तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध नेपालले जित्नैपर्ने पर्ने छ।
नेपाल सुपर सिक्समा प्रवेश गर्नका लागि स्कटल्यान्डलाई पराजित गर्नै पर्ने छ।
नेपालको टोली ः इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय, रचना चौधरी रहेका छन्।