माघ ११ काठमाडौं।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्।
संसदीय दलको नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बने पछि बेदुराम भुसाललाई नेकपाले संसदीय दलको नेतामा नियुक्त हो।
आज बसेको राष्ट्रिय सभा संसदीय दल बैठकले भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको जनाएको छ।
त्यस्तै प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको जनाएको छ।
Post Views: 12