पूर्वी नाका काँकडभिट्टा बाट ७ अर्ब बढीको अलैंची निर्यात

माघ ११ काठमाडौं।
पूर्वी नाका काँकडभिट्टा बाट ७ अर्ब बढीको अलैंची निर्यात भएको छ।

चालु आर्थिक वर्षको २०८२, ८३ को ६ महिना काँकडभिट्टा बाट अलैंची, छुर्पी लगायत वस्तुको निर्यातमा वृद्धि भएको जनाएको छ।

६ महिनाको अवधिमा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

६ महिनाको अवधिमा कुकुर र बिरालोको खानाका रूपमा तेस्रो मुलुक निर्यात हुँने छुर्पीको निर्यात गत आवको सोही अवधिको तुलनामा ६६.२ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

चालु आवको ६ महिनामा ७६ करोड ५ लाख ३ हजार रुपैयाँ मूल्यबराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको जनाएको छ।

भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको जनाएको छ। चालु आव २०८२, ८३ को ६ महिनामा ५३ करोड ४ लाख ९६ हजारको भेनियर सिट र ९ करोड १२ लाख ८७ हजार रुपैयाँ मूल्यको मुसुरो दाल निर्यात भएको कार्यालयले जनाएको छ।

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको उल्लेख गरेको छ।

चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको जनाएको छ। भने अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६.४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४.५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ।

चालु आवको ६ महिनामा २ अर्ब १७ करोड ८७ लाख ५ हजार मूल्य बराबरको चिया र १ अर्ब ९ करोड ७४ लाख ३ हजार रुपैयाँ मूल्यबराबरको प्लाइउड निर्यात भएको छ।

चालु आव २०८२, ८३ को ६ महिना सम्म ३३ करोड ८९ लाख ३ हजारको अम्रिसो, ५० करोड १७ लाख ३२ हजारको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजारको काउली, बन्दाकोभी र ब्रोकाउली ५ करोड ७४ लाख २७ हजार रुपैयाँ मूल्यबराबरको जडीबुटी निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *