माघ ११ काठमाडौं।
९ बजे बाट सुरु भएको राष्ट्रियसभा निर्वाचनमा ५० प्रतिशत भन्दा बढी मतदान भएको छ।
सातै प्रदेश राजधानीमा सुरु भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ः४५ सम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभामा आगामी फागुन २० गते देखि रिक्त हुने १७ पदका लागि आज बिहान् ९ः०० बजे देखि मतदान सुरु भएको हो।
अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फ बाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएको जनाएका छन्।
बाँकी राष्ट्रिय सभा सदस्या १७ पदका लागि अहिले मतदान भइरहेको छ।