संयुक्त अरब इमिरेट्सको आबुधाबीमा रुस र युक्रेनबीच शान्ति वार्ता

माघ ११ काठमाडौं ।
संयुक्त अरब इमिरेट्सको आबुधाबीमा रुस र युक्रेन बीच शान्ति वार्ता भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष पहलमा आयोजित दुई दिने त्रिपक्षीय बैठकले दुवै देशमा शान्ति कायम राख्ने विषयमा महत्वपूर्ण छलफल भएको जनाएको छ।

रुस र युक्रेन बीच झन्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्यका साथ संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ऐतिहासिक वार्ता सम्पन्न भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई एउटै टेबुलमा ल्याउन सफल भएको बताएका छन्। यो छलफललाई अमेरिकी अधिकारीहरूले शान्तितर्फको एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।

अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुका अनुसार छलफलले आगामी फेब्रुअरी १ तारिखमा दोस्रो चरणको वार्ताका लागि पुनः भेला हुन सहमत भएको उल्लेख गरेको छ।

वार्ता अघि अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विट्कोफले मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब चार घण्टा लामो छलफल गरी शान्ति योजनाका बुँदाहरूमा केन्द्रित रहेर मार्गप्रशस्त गरेको थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यस संवादलाई रचनात्मक भन्दै युद्ध अन्त्यका लागि महत्त्वपूर्ण छलफल भएको बताएका छन्।

शान्ति वार्ताका लागि कूटनीतिक प्रयासहरू भइरहँदा पनि युद्धभूमिको वास्तविक स्थिति भने अझै तनावपूर्ण र चुनौतीपूर्ण देखिएको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *