रूसले गर्यो युक्रेनमा वर्षकै ठूलो मिसाइल र ड्रोन आक्रमण

माघ १० काठमाडौं।
रुसले युक्रेनमा यो वर्षकै ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ।

रुसले युक्रेनको राजधानी किभ लगायतको क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको हो।

अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाए अनुसार अबुधाबीमा रूस–युक्रेन–अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको जनाएको छ।

आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले रातभरिमा ३७० वटा ड्रोन र २१ वटा मिसाइल हानेको सिएनएनले उल्लेख गरेको छ।

रूसी आक्रमण बाट धेरै संख्यामा भवनहरुमा क्षति पुगेको र खसेका अवशेषका कारण आगलागी र भवनहरूमा ठूलो क्षति पुगेको जनाएको छ।

करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको र केही क्षेत्रको पानी आपूर्ति पनि काटिएको जनाउको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *